आजको मौसम

पहाडी भेगका केही ठाउँमा बिहानैदेखि हल्का वर्षा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख २८, शुक्रबार (१ हप्ता अघि)
  • ४७ पटक पढिएको
पहाडी भेगका केही ठाउँमा बिहानैदेखि हल्का वर्षा

बैशाख २८, काठमाण्डौँ । काठमाण्डौ उपत्यकासहित बाग्मती, गण्डकी र कोशी प्रदेशका केही पहाडी भेगमा बिहानैदेखि हल्का पानी परेको छ । आज लगातारजसो पानी पर्ने सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार दिउँसोपख पानी पर्ने क्रम रोकिनेछ । आज दिउँसो कतैकतै केहीबेर मात्रै फाट्फुट्ट पानी पर्ने सम्भावना छ ।

भोलि र पर्सि भने आजको तुलनामा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद अर्यालले जानकारी दिए । पानी पार्ने प्रणाली पश्चिमतिर सर्दै गएकाले भोलि र पर्सि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै पानी पर्न सक्ने मौसमविद्को अनुमान छ ।

#मौसम # वर्षा

ताजा अपडेट

खोजी गर्नुहोस