नेपाल टेलिकमको लाइसेन्स अवधि एक वर्ष थपिने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख २८, शुक्रबार (१ हप्ता अघि)
  • ६५ पटक पढिएको
नेपाल टेलिकमको लाइसेन्स अवधि एक वर्ष थपिने

बैशाख २८, काठमाडौँ । नेपाल टेलिकमलाई मोबाइल सेवाको नयाँ अनुमतिपत्र लाइसेन्स जारी गर्न बिहीबारको मन्त्रिपरिषद् बैठकले नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ। दूरसञ्चार ऐनको दफा २० बमोजिम सरकारले प्राधिकरणलाई निर्देशन दिएको जनाएको छ ।

नेपाल टेलिकमको लाइसेन्सको २५ वर्षे अवधि सकिन एक दिन मात्रै बाँकी रहेको र नयाँ अनुमतिपत्र के कसरी जारी गर्ने भन्ने विषयमा नीतिगत अन्योल रहेका बेला मन्त्रिपरिषद्ले नयाँ लाइसेन्स दिन भनेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकमको लाइसेन्स अवधि एक वर्ष थप्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा लगेको थियो । नेपाल टेलिकमले २०५६ वैशाख २९ गते जीएसएम सेलुलर मोबाइल सेवाको अनुमति लिएको हुँदा आज यसको २५ वर्षे अवधि पूरा भएको द्ध । दूरसञ्चार ऐन २०५३ को दफा २५ मा अनुमतिपत्रको अवधि बढीमा २५ वर्ष हुने उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस