कालोसूची

९ महिनामा परे २२४ निर्माण कम्पनी कालोसूचीमा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख २८, शुक्रबार (१ हप्ता अघि)
  • ४५ पटक पढिएको
९ महिनामा परे २२४ निर्माण कम्पनी कालोसूचीमा

बैशाख २८, काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा मात्रै २२४ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सरकारले विकास निर्माणको ठेक्का लिएर खरिद सम्झौता बमोजिम समयमा निर्माण कार्य सम्पन्न नगरेका तथा अन्य विभिन्न कारणले पछिल्लो ९ महिनामा २२४ निर्माण कम्पनी कालोसूचीमा परेको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

निर्माण कम्पनीहरूले सम्झौता बमोजिम काम सम्पन्न नगरेपछि सार्वजनिक निकायले कालोसूचीमा राख्न सिफारिसका आधारमा कार्यालयले तथ्यमा आधारित भएर कालोसूचीमा राख्ने गरेको सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रवक्ताले बताए । उनले सार्वजनिक खरिद अनुगमन कार्यालयले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले सरकारले गरेको सिफारिसपछि तथ्यमा आधारित भएर कालोसूचीमा राखिने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस