दसैँलक्षित बसमा नयाँ नियम

अब दसैँमा अध्याँरो नभई नारायणगढ पुग्नुपर्ने, सवारीमै प्राथमिक उपचारका औषधि बोक्नुपर्ने नयाँ नियम लागू

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १६, बुधबार (७ महिना अघि)
  • ४३ पटक पढिएको
अब दसैँमा अध्याँरो नभई नारायणगढ पुग्नुपर्ने, सवारीमै प्राथमिक उपचारका औषधि बोक्नुपर्ने नयाँ नियम लागू

|;jf/L ;fwg hfd d''lUng, ^ c;f]h M klx/f]sf sf/0f /fhdfu{ cj?4 ePkl5 hfddf k/]sf ;jf/L ;fwg . k[YjL /fhdfu{cGtu{t lrtjgsf] OR5fsfdgf– $ gfUbLvf]nfdf klx/f] v;]kl5 uP/fltb]lv ;8s cj?4 5 . t:jL/ M xL/fnfn u'?ª÷/f;;

असोज १६, काठमाडौँ । दसैँका लागि लामो दूरीको बस चढ्ने यात्रुले नारायणगढ-मग्लिनकै बाटो यात्रा गर्न पाउने भएका छन् । यसअघिको वर्षाले क्षतविक्षत बनेको पृथ्वी राजमार्ग सञ्चालनमा आएकाले सोही रुट भएर बस जाने भएका छन् । तर लामो दूरीका बसमा नयाँ नियम ल्याइएको छ । काठमाडौँबाट छुटेका सवारी अध्याँरो नभई नारायणगढ पुग्नुपर्ने भएको छ । ती बसले दिउँसो नै ‘असहज मानिएको’ त्रिशूली मार्गको यात्रा गरिसक्नुपर्ने छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको अध्यक्षतामा मंगलबार बसेको सरोकारवाला प्रतिनिधिहरुबीचको छलफलले सवारीसाधन छुटेपछि परिस्थिति हेरी उज्यालो समयमै आफ्नो सवारी साधन नारायणगढ पुग्ने गरी समय व्यवस्थापन गर्न यातायात व्यवसायीलाई अनुरोध गर्ने र सुरक्षा निकायले सोही अनुरूप यातायात व्यवस्थापनमा सहजीकरण गर्नेसहितका १० बुँदे निर्णय गरेको हो ।

बैठकले सार्वजनिक सवारीसाधनले आफ्नो सवारीमा अत्यावश्यकीय प्राथामिक स्वास्थ्य उपचारका सामग्री, पिउने पानी तथा अत्यावश्यक अवस्थामा खान मिल्ने खानेकुरा राखेर मात्र सवारी सञ्चालन गर्न यातायात व्यवसायीलाई अनुरोध गर्ने निर्णय पनि गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

सडकमा पहिरो आई वा बाढीले सडक बगाउँदा बीच बाटोमै अलपत्र परेका यातायात मजदूर तथा व्यवसायीलाई यथाशीघ्र उद्धार तथा राहत उपलब्ध गराउन गृह मन्त्रालयमा अनुरोध गर्ने, विषम परिस्थितिका कारण उत्पन्न हुन सक्ने दुर्घटना एवं जोखिम न्यूनीकरण गर्न अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा गर्नै परे सावधानी एवं सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

#दसैँ #लामो दूरीको बस #नारायणगढ-मग्लिनकै बाटो यात्रा

ताजा अपडेट

खोजी गर्नुहोस