इसाई धर्मावलम्बीले मनाए क्रिसमस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष १०, बुधबार (४ महिना अघि)
  • ५९ पटक पढिएको
इसाई धर्मावलम्बीले मनाए क्रिसमस

पुस १०,काठमाडौँ । इसाई धर्मावलम्बीले आज क्रिसमस दिवस मनाएका छन् । अङ्ग्रेजी पात्रोअनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशू ख्रीष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार इसाई धर्मावलम्बीले आज क्रिसमस धुमधामका साथ मनाएका छन् ।

दुई हजार वर्षअघि इस्राएलको यरूशलेम शहरमा कन्या मरियमको कोखबाट येशूको जन्म भएको मानिन्छ । येशूलाई जिसस क्राइस्ट पनि भनिन्छ जसको अर्थ ‘मुक्तिदाता’ हुन्छ । येशूलाई इसाईहरूले परमेश्वरको पुत्रको रूपमा विश्वास गर्दछन् । मानव जातिका लागि उनले गरेको योगदानको सम्झनामा गर्दै इसाई धर्मावलम्बीले यो उत्सव मनाउने गर्दछन् ।

येशूको जन्मसँगै ईस्वी संवत् सुरु भएको विश्वास गरिन्छ । क्रिसमस दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । ‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चहरूमा प्रार्थनालगायत उपहार आदानप्रदान कार्यक्रम गरी येशू ख्रीष्टको सम्झना गरिएको छ ।

आज काठमाण्डौ टोखा, धापासीमा रहेको प्रशंसा चर्चमा पनि क्रिसमस कार्यक्रम मनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस