सगरमाथा आरोहीहरुको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ ३, शनिबार (४ घण्टा अघि)
  • ४० पटक पढिएको
सगरमाथा आरोहीहरुको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने

जेठ ३, काठमाडौं । सगरमाथा आरोहण गर्ने आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । एभरेष्ट एलाइन्स नेपालद्वारा यही जेठ १३ गते पहिलोपटक ‘एभरेष्ट समिटर समिट’ काठमाडौँमा आयोजना हुने भएको हो । सम्मेलनमा सगरमाथाको सफल आरोहण गरेका आरोहीले भाग लिनेछन् ।

एभरेष्ट एलाइन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले पहिलोपटक हुन लागेको सम्मेलनमा भाग लिन हालसम्म १६ देशका १ सय ७७ आरोहीले नाम दर्ता गराइसकेको जानकारी दिए । ‘सम्मेलनमा भाग लिनका लागि विभिन्न देशका आरोहीको उत्साहप्रद उपस्थिति देखिएको छ’, उनले भने ।

सम्मेलनमा ५०० आरोहीको सहभागिता रहने आयोजकले जनाएको छ । सम्मेलनमा भारत र चीनसँगै संयुक्त राज्य अमेरिका, बेलायत, इटली, स्विट्जरल्याण्ड, नर्वे, इरान, सिंगापुर, अष्ट्रेलिया, लेवनान, मोरक्को, यूएईलगायत मुलुकका आरोहीहरु सहभागिता जनाउनेछन् ।

सगरमाथा आरोहणको सात दशक लामो इतिहासमा पहिलोपटक हुन लागेको सम्मेलनमा पहिलोपटक एडमण्ड हिलारीसँग सगरमाथा आरोहण गरेका कान्छा शेर्पालाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको छ।

सम्मेलनमा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको प्रभावको बारेमा गहन छलफल हुने अध्यक्ष नेपालले बताए । यसका साथसाथै हिमाल आरोहीका समस्या र आरोहणका क्रममा भएको खुशीको आदानप्रदान हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस