एकदिवसीय वरीयतामा नेपाल एक स्थान तल झर्यो !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ भाद्र ६, शुक्रबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र ६,काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकदिवसीय वरीयतामा नेपाल एक स्थान तल झरेर १६ औँ स्थानमा पुगेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १५ बाट एक स्थान तल झर्दै १६ औँ स्थानमा पुगेको हो । नयाँ वरीयताअनुसार नेपालले ८ खेलबाट १९ अकं पाएको छ । एकदिवसीय वरीयतामा नेपालभन्दा तल यूएई र पपुवा न्यू गिनी रहेका छन् ।

नेपालले पछिल्लो समय एउटा पनि एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छैन । पछिल्लो पटक नेपालले ६ महिनाअघि यूएईविरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो ।

ओमानले डिभिजन लिग २ मा राम्रो प्रदर्शन गरेका कारण नेपाल वरीयतामा एक स्थान तल झरेको हो ।

एकदिवसीय वरीयताको शीर्षस्थानमा विश्वकप विजेता इंग्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा न्यूजिल्याण्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रिका रहेका छन् ।

आईसीसी टी–२० वरीयतामा भने नेपाल यथावत रहँदै ११ औँ स्थानमा छ । नेपालले १४ खेलमा २०१ रेटीङ पाएको छ । टी–२० वरीयतामा नेपालभन्दा तल टेस्ट खेल्ने राष्ट्र जिम्बाब्वे र आयरल्याण्ड रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस