फाल्गुण १, काठमाण्डौ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्र्तगत घरेलु मैदानको आफ्नो अन्तिम खेलमा नेपालले अमेरिकामाथि आठ विकेटको जित हात पार्यो । जितसँगै नेपालले सात टोली सम्मिलित लिग डिभिजन दुईमा छैठौं स्थानमा उक्लेको छ ।
घरेलु मैदानमा सशक्त प्रतिद्वन्द्वी ओमानसँगको हारले नेपाली टोलीको सशक्त विधा बलिङसँगै ब्याटिङ समेत उदागिंयो । ओमान विरुद्धको दोस्रो खेलमा ब्याटिङ चल्दा बलिङ आक्रमण समेत फितलो देखियो । ओमान विरुद्धको दुबै खेलमा जित हात पारेको भए नेपाललाई चौथो स्थानमा उक्लिने सम्भावना रहन्थ्यो तर सकेन । तर पनि नेपालले घरेलु मैदानको प्रतियोगितामा सन्तोषजनक अन्त्य गरेको छ ।