फाल्गुण ३, काठमाण्डौ । मछिन्द्र फुटबल क्लबले पहिलो पटक सहिद स्मारक ‘ए डिभिजन लिग फुटबलको उपाधि जित्न सफल भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले उपाधि जितेको हो ।
खेलमा आत्मघाती गोल निर्णायक बनेको थियो । ३३ औँ मिनेटमा आर्मीका विकास तामाङले आत्मघाती गोल गरेका थिए । लिग च्याम्पियन बनेको मच्छिन्द्रले ५० लाख नगद् पुरस्कार पाउने छ।