आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोटमा नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ जेष्ठ २४, मंगलबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

जेठ २४, काठमाण्डौ । नेपाली युवा महिला क्रिकेट टोली आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोट प्रतियोगितामा थाइल्यान्डसँग ४९ रनले पराजित भएको छ । मंगलबार मलेसियाको यूकेएम–वाईएसडी क्रिकेट ओभलमा नेपालकी कप्तान कृतिका मरासिनीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेकी थिइन् ।

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गरेको थियो । दोस्रो खेलमा युनाइटेड अरब इमिरेट्स ९यूएई०सँग १० विकेटले हारेपछि नेपालको विश्वकप खेल्ने सम्भावना कमजोर बनेको थियो । नेपालले तेस्रो खेलमा भुटानलाई ४ विकेटले हराएको थियो । आज थाइल्यान्डसँग हारेपछि नेपालको सम्भावना लगभग समाप्त भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस