बाराक ओबामाको आह्वान:घृणा र रंगभेदको पक्षपोषण गर्ने नेतालाई अस्वीकार गर्नु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण २१, मंगलबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन २१, काठमाडौँ । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले घृणा र रंगभेदलाई पक्षपोषण गर्ने खालका अभिव्यक्ति दिने नेताहरुलाई अस्वीकार गर्न अमेरिकी नागरिकसँग आग्रह गरेका छन् ।

पूर्व राष्ट्रपति ओबामाको प्रतिक्रयालाई अर्थपूर्ण रुपमा लिइएको छ । यसअघि रंगभेदी टिप्पणी तथा आप्रबासी प्रति कठोर अभिव्यक्ति दिँदै आएका राष्ट्रपति ट्रम्पले आफ्नो अभिव्यक्ति मोड्दै अमेरिकामा घृणा, रंगभेद, कट्टरता तथा ह्वाइट सुप्रिमेसीलाई स्थान नरहेको बताएपछि ओबामाको भनाई आएको हो । उनले कुनै पनि नेताको नाम नलिइ रंगभेद र घृणालाई उर्जा दिने खालका अभिव्यक्ति दिने नेतालाई अस्वीकार गर्न आग्रह गरेका हुन् ।

ओबामाले आफ्नो शासन कालमा बन्दुकको स्वामित्वमा प्रक्रियामा कडाई गर्ने सम्बन्धी नियम लागु गर्न प्रयास गरेका थिए । तर त्यसमा सफल हुन सकेका थिएनन् । ट्रम्प त्यसका विरोधी हुन् । तर उनले टेक्सास र ओहायोमा भएको अन्धाधुन्ध गोली प्रहारका घटनापछि सोमबार आफ्नो विगतको बोलीमा केही परिमार्जन गरेको देखिएको छ । टेक्सास र ओहायोमा भएका घटनामा कम्तिमा ३१ जनाको ज्यान गएको छ ।

ओबामाले सोमबार वक्तव्य जारी गरेर डर, भय र घृणा तथा रंगभेदलाई मलजल गर्ने नेताहरुलाई अस्वीकार गर्न भनेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस