टर्कीले कुर्द लडाकूविरुद्ध सैन्य अभ्यास रोक्न सहमत

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ कार्तिक १, शुक्रबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कार्तिक १, काठमाडौं । अमेरिकी उप–राष्ट्रपति माइक पेन्सले भनेका छन् कि टर्की उत्तरी सिरियामा आफ्नो सैन्य अभ्यास रोक्न सहमत भएको छ ताकि कुर्द नेतृत्वको बल पछि हट्न सकोस् । यो घोषणा अंकारामा पेन्स र टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनबीच भएको भेटवार्तापछि भएको हो ।

सबै सैन्य अभियान आगामी पाँच दिनका लागि रोकिएको छ र अमेरिका कुर्द बलको व्यवस्थित ढंगले फिर्ता गराउन मद्दत गर्नेछ । अमेरिकाले सीमाको त्यस इलाकाबाट कुर्द बललाई हटाइरहको छ जहाँ टर्की ‘सेफ जोन’ बनाउन चाहन्छ ।

टर्कीले पछिल्लो साता यस अभियानको सुरुवात गरेको थियो । यसको अर्थ कुर्द बललाई सीमाबाट पछि धकेलेर त्यहाँ सिरियाली शरणार्थीहरुका लागि एक ‘सेफ जोन’ बनाउनु रहेको छ।

पेन्सको घोषणा भन्दा अघि अमेरिकी राष्ट्रपतिले अर्दोआनलाई धन्यवाद दिँदै ट्विटमा ‘लाखौँको ज्यान जोगिने छ’ बताएका थिए । पेन्सले आफ्नो घोषणका दौरान डोनाल्ड ट्रम्पको मजबुत नेतृत्वको सराहना गरे । उनले भने ‘ टम्प युद्धविराम चाहन्छन्, उनी हिंसा रोक्न चाहन्छन् । ’

टर्कीका विदेशमन्त्री मेवलूत चावूशालूले पत्रकारहरुसँग भनेका छन् कि एसडीएफ सीमा जोनबाट हट्ने छ भने टर्कीको हमला स्थायी रुपले रोकिने छ । उनले भने, ‘ हामी अपरेशन स्थगित गरिरहेका छौँ, समाप्त होइन, हामी त्यो बेला मात्रै अपरेशन समाप्त गर्नेछौँ जब कुर्द लडाकू पूर्ण रुपमा त्यहाँबाट हट्नेछन् ।’

अमेरिकी उप–राष्ट्रपति माइक पेन्सले भनेका छन् कि टर्की जब सैन्य अभियान समाप्त गर्छ तब उसमाथि आर्थिक प्रतिबन्ध हटाइनेछ र यस दौरान अधिक प्रतिबन्ध लगाइने छैन । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस