६३७० किलोमिटर टाढाबाट २४ वर्षकी युवतीले राेकिन् ६ बालिकाको बालविवाह

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ कार्तिक १, शुक्रबार (५ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

कार्तिक १, काठमाडौं । १८ अक्टोबर २०१९ अर्थात (आज) राजस्थानको पुष्करमा ६ बालिकाको बालविवाह हुने तय थियो । तर करिब ६३७० किलोमिटर टाढाबाट एक २४ वर्षकी युवतीले यी बालिकाको विवाह रोकेकी छन् ।

शायरा सोना शिन नाम गरेकी युवतीले यी बालिकाको विवाह रोकेकी हुन् । शायरा बालिकाहरुलाई पढाउन चाहन्छिन् र उनीहरुलाई आत्मनिर्भर बनाउन चाहन्छिन् । तर नट समुदायका यी बालिकाहरुका आमाबुवा गोप्य रुपमा उनीहरुको विवाह गरिरहेका थिए ।

कुनै व्यक्तिले शायरालाई यसको जानकारी दिए कि १८ वर्षभन्दा कम उमेरकी बालिकाहरुको विवाह १६ देखि १८ अक्टोबरकोबीचमा भइरहेको छ ।

यस्तो जानकारी पाएपछि शायराले यो सूचना गैर सरकारी संस्थान चाइल्ड राइट्स एण्ड यू लाई गराइन् । त्यसपछि उक्त संस्थाले स्थानीय गैर सरकारी संस्था महिला जन अधिकार समितिको सहयोगमा प्रहरीलाई जानकारी दियो ।

त्यसपछि प्रहरीले बालिकाहरुको घरमा पुगेर विवाह रोक्यो ।

ताजा अपडेट

खोजी गर्नुहोस