हरियाणा र महाराष्ट्रमा नयाँ विधानसभाका लागि चुनाव हुँदै

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ कार्तिक ४, सोमबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कार्तिक ४, काठमाडौं । भारतका दुई राज्य हरियाणा र महाराष्ट्रमा सोमबार नयाँ विधानसभाका लागि मतदान हुँदैछ । दुवै राज्यमा अहिले भारतीय जनता पार्टीको सरकार छ ।

महाराष्ट्रमा भाजपा र शिवसेना गठबन्धनको सरकार छ भने हरियाणामा भाजपाको बहुमतसहितको सरकार छ । महाराष्ट्रको २८८ सिटयुक्त विधानसभाको कार्यकाल नोभेम्बर ९ मा सकिँदैछ ।

सोमबार सबै २८८ सिटका लागि मतदान हुँदैछ । हरियाणा विधानसभाको कार्यकाल नोभेम्बर २ मा समाप्त हुँदैछ । कुल ९० सिट रहेको हरियाणा विधानसभाका सबै सिटका लागि सोमबार ने मतदान हुँदैछ । मतगणना अक्टोबर २४ हुनेछ ।

महाराष्ट्रका ८९५ लाख मतदाताका लागि ९५ हजार ४७३ मतदान केन्द्र तय गरिएको छ । यस्तै हरियाणाका १८२ लाख मतदाताका लागि १९ हजार ४२५ मतदान केन्द्रको व्यवस्था गरिएको चुनाव आयोगले उल्लेख गरेको छ ।

महाराष्ट्रमा भाजपा–शिवशेना गठबन्धन र कांग्रेस–एनसिपी (नेशनलिस्ट कांग्रेस पार्टी) गठबन्धनबिच मुख्य चुनावी प्रतिस्पर्धा हुँदैछ । यसैगरी हरियाणामा सत्तारुढ भाजपा, कांग्रेस इन्डियन नेशनल लोकदल (ओमप्रकाश चौटाला) र जननायक जनता पार्टीबिच प्रतिस्पर्धा हुँदैछ ।

यस्तै सोमबार नै १८ राज्यका ५१ विधानसभा सिट र लोकसभाका दुई सिटका लागि उपचुनाव पनि हुँदैछ ।

उत्तर प्रदेशका ११, गुजरातका ६ बिहारका पाँच, असमका चार, हिमाञ्चल प्रदेश र तमिलनाडूका दुई–दुई, पञ्जाबका चार, केरलका पाँच, सिक्किमका तीन तथा राजस्थानका दुई विधानसभा सिटमा मतदान हुँदैछ । यस्तै अरुणाञ्चल प्रदेश, मध्य प्रदेश, ओडिशा, छत्तिसगढ, पुदुचेरी, मेघालय र तेलंगानाका एक एक सिटमा मतदान हुँदैछ ।

यसैगरी बिहारको समस्तीपुर र महाराष्ट्रको सतारा लोकसभा सिटका लागि पनि उपचुनावको मतदान हुँदैछ । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस