भारत र पाकिस्तानबिच सीमा क्षेत्रमा भिडन्त, कम्तिमा १५ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ कार्तिक ४, सोमबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

कार्तिक ४, काठमाडौं । सीमा क्षेत्रमा भारत र पाकिस्तानका सुरक्षाकर्मीबिच भएको भिडन्त तथा आक्रमणका घटनामा कम्तिमा १५ जनाको ज्यान गएको जनाइएको छ । जम्मू–कश्मीरसँग जोडिएको भारत–पाकिस्तान सीमा क्षेत्रको नियन्त्रण रेखामा शनिबार रातिदेखि भिडन्त भएको हो ।

पाकिस्तानी सेनाले गुण्डिशत गाउँ र तंगधारमा गरेको गोलाबारीमा आफ्ना दुई सुरक्षाकर्मी र एकजना सर्वसाधारणको ज्यान गएको भारतीय सेनाले जनाएको छ । अरु तीनजना घाइते भएका छन् ।

पाकिस्तानले युद्धविराम उल्लंघन गरी भारतीय क्षेत्रमा आतंकवादीको घुसपैठ गराएको भारतीय सेनाले जारी गरेको बयानमा दाबी गरिएको छ । आफूहरुले गरेको जवाफी कारवाहीमा चरपन्थी अखडालाई निशाना बनाइएको भारतीय स्थल सेनाका प्रमुख विपिन रावतले बताएका छन् ।

सो कारवाहीको क्रममा कम्तिमा ६ र अधिकमा १० पाकिस्तानी सैनिक मारिएको उनले दाबी गरेका छन् । तीनवटा क्याम्प पनि ध्वस्त पारेको जनाएका छन् । यस्तै सो कारवाहीको क्रममा पाकिस्तानी सीमा क्षेत्रमा ६ देखि १० चरमपन्थी पनि पारिएको उनले दाबी गरेका छन् । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस