कार्तिक ७, काठमाडौं । बेलायतको एसेक्समा लरीमा भेटिएको ३९ जनाको शवको पहिचान प्रक्रिया सुरु भएको प्रहरीले जनाएको छ । बेल्जियमबाट आएको लरी बेलायतको टेम्स नजिक पुगेको थियो ।
ग्रेजको वाटरग्लेड इन्डस्ट्रियल पार्क नजिक एम्बुलेन्सका कर्मचारीले लरीमा शव भेट्टाएका थिए । मृतक मध्ये एकजना मात्रै २० वर्ष भन्दा कम उमेरका छन् ।
प्रहरीले लरीका चालक २५ वर्षका माे रोबिनसनलाई पक्राउ गरेको छ । रोबिनसन उत्तरी आयरल्याण्डको आर्मगा काउन्टीका बासिन्दा हुन् । प्रहरीले उनीसँग सोधपुछ गरिरहेको छ ।
शवको पहिचान गर्नु आफूहरुको पहिलो प्राथमिकताको विषय रहेको प्रहरीले बताएको छ तर यो प्रक्रिया पूरा गर्नका लागि लामो समय लाग्न सक्ने जनाइएको छ ।