क्यालिफोर्नियाको जंगलमा भीषण आगलागी

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ कार्तिक ९, शनिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

कार्तिक ९, काठमाडौं । अमेरिकाको क्यालिफोर्नियाको जंगलमा भीषण आगलागी भएको छ । आगो नियन्त्रणमा लिने प्रयासमा अग्नियन्त्रकहरु छन् । हवाई तथा स्थल अग्नि नियन्त्रकहरु खटिएका छन् ।

आगो निभाउने प्रयास जारी रहँदा क्यालिफोर्नियाका धेरै ठाउँमा विद्युत आपूर्ति बन्द भएको छ । क्यालिफोर्नियाका ३६ काउन्टीहरुमा विद्युत आपूर्ति बन्द भएको छ ।

८ लाख ५० हजार घरमा विद्युत आपूर्ति बन्द भएको सेवा प्रदायकले जनाएको छ । तीव्र गतिमा हावा चलेकाले आगो नियन्त्रणमा लिन कठिनाई भएको छ भने आगो झन फैलिने भय देखिएको छ ।

जंगलमा लागेको आगोका कारण ५० हजार मानिसले घर छोडेका छन् । लस एन्जलस र सोनोमा काउन्टीमा आपतकालिन अवस्था घोषणा गरिएको छ । आगलागीका कारण मौसमी अवस्था गम्भीर बनेको क्यालिफोर्नियाको अग्नि नियन्त्रण विभागले जनाएको छ । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस