म स्वास फेर्न सकिरहेकी छैन, मरिरहेकी छु…….

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ कार्तिक ९, शनिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कार्तिक ९, काठमाडौं । ब्रिटेनको एसेक्समा एक लरीमा भेटिएका ३९ शव मध्ये कम्तिमा ६ शव भियतनामका नागरिकको हुन सक्ने अनुमान गरिएको छ । भियतनामका ६ परिवारका सदस्यले ज्यान गुमेका मध्ये केही उनीहरुका आफन्त हुन सक्ने बताएका बिबिसीले जनाएको छ ।

त्यसमध्ये एक २६ वर्षकी फाम थी ट्रै पनि रहेको बताइएको छ । उनले मंगलबार अन्तिम पटक एक सन्देश पठाएकी थिइन् जसमा लेखिएको थियो कि उनलाई स्वास फेर्न मुस्किल भइरहेको छ । त्यसपछि उनको कुनै पत्तो छैन ।

२० वर्षका वियन लिन लुओंगका आफन्तको पनि भनाई छ कि उनी पनि ज्यान गुमाउने मध्येका एक हुन् । यता यस घटनाको जारी अनुसन्धानका क्रममा स्टैन्स्टेड एयरपोर्टबाट उक व्यक्ति पक्राउ परेका छन् ।

मानिसहरुको हत्या र मानव तस्करीको अभियोगमा उनलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । ४८ वर्षका यी व्यक्ति उत्तरी आयरल्याण्डका हुन् । यो घटनामा गिरफ्तार हुने उनी चौथा व्यक्ति हुन् ।

यसअघि वारिंगटनका दुईजना र लरीका चालक गरी तीनजना पक्राउ परिसकेका थिए । फाम ट्रै मीका दाइ फाम नोक त्वानले भने कि उनकी बहिनीलाई ब्रिटेन लैजानका लागि मानव तस्करहरुलाई ३० हजार पाउण्ड ( झण्डै ४४ लाख) बुझाइएको थियो । उनकी बहिनी अन्तिम पटक बेल्जियममा रहेको जानकारी मिलेको थियो ।

फाम ट्रै मीका दाइले भने, ‘ भियतनामबाट युके जाने क्रममा २३ अक्टोबरमा बहिनी बेपत्ता भएकी थिइन् । हामीले उनीसँग सम्पर्क गर्न सकेनौँ । हामीलाई चिन्ता छ कि त्यो लरीमा बहिनी पनि थिइन् ।’

फाम ट्रै मीको अन्तिम सन्देश ब्रिटेनको समय अनुसार मंगलवार राति १० बजे प्राप्त भएको थियो । त्यसको दुई घण्टापछि उक्त लरी बेल्जियमको जेब्रूगबाट परफ्लीट टर्मिनल पुगेको थियो । उनले आफ्ना आमाबुवालाई सन्देश पठाएकी थिइन् । जसमा लेखिएको थियो, ‘म माफी चाहन्छु आमा र बुवा, मेरो विदेश यात्रा असफल भयो ।’

उनले अगाडि लेखेकी थिइन्, ‘म मरिरहेकी छु, म स्वास फेर्न सकिरहेकी छैन, म हजुरहरुलाई धेरै माया गर्छु, म माफी चाहन्छु ।’ एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस