कार्तिक ९, काठमाडौं । रुसका एक सैनिकले आफ्ना ८ सहकर्मीको गोली हानी हत्या गरेका छन् । ती सैनिकले प्रहार गरेको गोली लागेर अरु दुई सैनिक गम्भीर घाइते भएका छन् ।
रुसको सुदूर पूर्वी क्षेत्रमा प्रिभाते रामिल शामसुतदिनोभ नाम गरेका सैनिकले आफ्नै सहकर्मीमाथि गोली चलाएका हुन् । उनी पक्राउ परेका छन् । प्रिभाते मानसिक स्वास्थ्य सम्बन्धी समस्याबाट ग्रस्त रहेको हुन सक्ने अनुमान गरिएको छ ।
चिता शहरबाट नजिकै रहेको गोर्नी गाउँमा रहेको सैनिक युनिट नम्बर ५४१६० मा शुक्रबार बेलुका गोलीकाण्ड भएको हो । घटनाका सम्बन्धमा अनुसन्धान सुरु भएको छ ।
स्थानीय समय अनुसार शुक्रबार बेलुका सवा ८ बजे घटना भएको हो । प्रिभातेले प्रहार गरेको गोली लागेर मृत्यु हुनेमा दुई अधिकृत र ६ जवान रहेको जनाइएको छ । एजेन्सी