कार्तिक १८, काठमाडौं । भारतको उत्तरी क्षेत्रमा वायु प्रदूषणको अवस्था सहन गर्न सक्ने अवस्थामा अब नरहेको बताइएको छ ।
भारतको राजधानी रहेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीसहित उत्तरी भारतको वायु प्रदूषण अति खराब अवस्थामा पुगेको र यो ‘सहन गर्न नसक्ने’ तहको रहेको बताएका छन् ।
आइतबार दिल्लीका धेरै क्षेत्रमा वायुको अवस्था अति भयानक अवस्थामा पुगेको छ । दिल्लीको वायु प्रदूषणले स्वासप्रस्वास सम्बन्धी समस्या आउन सक्ने देखिएको छ । सरकारी अधिकारीले सर्वसाधारणलाई घर भित्रै रहन भनेका छन् ।
मुख्य मन्त्री केजरिवालले विषालु बनेको वायु प्रदूषणसँग जुध्नका लागि सहयोग प्रदान गर्न केन्द्र सरकारसँग आग्रह गरेका छन् । वायु प्रदूषणकै कारण विद्यालयहरु बन्द गरिएका छन् । यस्तै ३० वटा उडान डाइभर्ट गरिएको छ । दिल्लीको आधामार धुवाँको बाक्लो तह बसेकाले निर्माणका काम पनि रोकिएको छ ।