अमेरिकी विदेशमन्त्रीले गरे रुस र चीनको आलोचना

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ कार्तिक २३, शनिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कात्तिक २३, काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले रुस तथा चीनको तीव्र आलोचना गरेका छन्।

जर्मनीको बर्लिनमा पुगेका विदेशमन्त्री पोम्पेओले रुस तथा चीनबाट तर्फबाट गम्भीर खतरा प्रस्तुत हुँदै आएको बताउँदै नेटोलाई सक्रिय हुन र चुनौतिहरुको सामना गर्न आग्रह गरेका छन् । नेटोले अहिलेका समस्या तथा चुनौतिहरुको सामना डटेर गर्नु पर्ने अमेरिकी विदेश मन्त्री पोम्पेओले बताएका छन् ।

चीनले आफ्नै नागरिकहरुलाई दबाउनका लागि प्रयोग गरिरहेको रणनीति अति भयानक रहेको पोम्पेओको आरोप छ । यस्तै रुसले छिमेकी देशहरुमा घुसपैठ तथा आक्रमण गरेको र आन्तरिक तथा बाह्य रुपमा प्रस्तुत हुँदै आएका सन्तोषहरुलाई वास्ता नगरेको पोम्पेओले बताएका छन् ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले हालै नेटोको अवस्था अहिले ‘ब्रेन डेड’ रहेको बताएका थिए । पोम्पेओले त्यसको व्यंग्यात्मक रुपमा खण्डन गरे ।

 

ताजा अपडेट

खोजी गर्नुहोस