फ्रान्स युरोपियन महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ श्रावण ८, आईतबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

साउन ८, काठमाडौ । फ्रान्स युरोपियन महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति भएको निकै प्रतिस्पर्धात्मक खेलमा फ्रान्सले नेदरल्याण्ड्स लाई १-० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो।

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। खेले १ सय २ औं मिनेटमा इभ पेरिसेटले गरेको गोल नै निर्णायक बन्यो। योसँगै महिला युरोको सेमिफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनलमा स्वीडेन, जर्मनी र इंग्ल्याण्ड यसअघि नै पुगिसकेका छन्।

अघिल्लो वर्ष हुने भनिएको प्रतियोगिता कोभिडका कारण स्थगित भएको थियो। अब फ्रान्सले फाइनल प्रवेशका लागि आठ पटकको च्याम्पियन जर्मनीसँग खेल्ने छ। त्यस्तै स्वीडेनले घरेलु टोली इंग्ल्याण्डको सामना गर्ने छ।

 

ताजा अपडेट

खोजी गर्नुहोस