पहिलो पटक विश्वकपको आयोजना नेपालले गर्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ कार्तिक २७, आईतबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक २७, काठमाण्डौ । पहिलो पटक नेपालले आईसीसी विश्वकप क्रिकेट आयोजना गर्ने मौका पाएको छ । नेपाल र बंगलादेशले सन् २०२७ को आईसीसी यू–१९ महिला विश्वकप संयुक्त आयोजना गर्ने भएका हुन् । आइतबार अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले २०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय गरिएको जनाएको छ ।

२०२४ देखि २०२७ सम्म यू–१९ विश्वकपको आयोजकको टुङ्गो बोर्ड बैठकबाट लागेको छ। मलेसिया र थाइल्याण्डले सन् २०२५ को यू–१९ महिला विश्वकप आयोजना गर्ने भएका छन् । सन् २०२४ को आईसीसी यू–१९ पुरुष विश्वकप श्रीलंका तथा २०२६ को यू–१९ पुरुष विश्वकप जिम्बावे र नामिबियाले आयोजना गर्ने मौका पाएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस