जेठ ४, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आइतबार सुन तोलामा ६०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सुन तोलामा एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार ९४५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।