नेपाली कांग्रेसका महामन्त्री गगन थापाको ऐतिहासिक जित !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ६, मंगलबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर ६, काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जित निकालेका छन् । काठमाडौं–४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकालेका हुन् । भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गरे । गगन थापाले २१ हजार ३०१ मत पाए भने नेकपा एमालेका उम्‍मेदवार १३ हजार ८५५ मात्र मत ल्याए ।

०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए । तर ३२ सय मतान्तरले थापाले जितेका थिए । यसपटक थापाले मतान्तरले थप फराकिलो बनाएका छन् । ०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए । ०६४ मा थापा समानुपातिक सांसद थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस