केसीको विरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा पेश हुने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ पौष २९, आईतबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पुस २९,काठमाडौँ । डाक्टर गोविन्द केसीको विरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा पेश हुने भएको छ । गएको बुधबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको प्रतिवेदन आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेश हुने भएको हो ।

दिउँसो १२ बजे बस्ने बैठकमा पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

आफूसँगको सहमति विपरितका प्रावधान राखेर चिकित्सा शिक्षा विधेयक तयार पारिएको भन्दै डाक्टर गोविन्द केसीले १६ औं अनसन बसिरहे पनि सरकारले विधेयक अघि बढाउने भएको हो ।

डाक्टर केसी इलाममा अनसनमा बसेको आज पाँचौ दिन हो । मुटुसम्बन्धी समस्याका कारण नियमित औषधि खानुपर्ने भए पनि खाना नै नखाँदा उनी शिथिल भएका छन।

डाक्टर केसीको शरिरमा ग्लुकोजको मात्रा पनि घट्दै गएकाले उनलाई शौचालय जान पनि समस्या हुन थालेको डाक्टरहरुले बताएका छन् । चिकित्सक संघले डाक्टर केसीसँग भएका सहमति कार्यान्वयन गरेर उनको जीवनरक्षा गर्न माग गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस