कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउँछौं : माधव नेपाल

  • अनलाइन केन्द्र
  • / नेकपा एस /
  • २०८२ जेष्ठ ३, शनिबार (७ घण्टा अघि)
  • ४३ पटक पढिएको
कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउँछौं : माधव नेपाल

जेठ ३, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन आफूहरू लागि परेको बताएका छन् । शनिबार काठमाडौंमा अखिल नेपाल महिला संघ (समाजवादी) को सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘कम्युनिस्ट आन्दोलनमा देखापरेका अनेकौं खालको विकृति विसंगतिहरुका बीचमा जुध्दै कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुराउन क्रान्किारी सोचकासाथ मानिसहरूलाई उभ्याउन हामी लागि परेका छौं,’ अध्यक्ष नेपालले भने, ‘हाम्रो देशको विशेषतालाई राम्ररी बुझ्नु जरुरी छ । सफलतालाई उपभोग गर्न नजान्दा हामी कमजोर पनि भयौं ।’

अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलनले नै जनतालाई मुक्ति दिएकाले समाजवादको सपना पूरा गर्न कम्युनिष्ट पार्टीबाहेक अरुले नसक्ने दाबी गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस