सगरमाथा संवादमा आज चार विषयमा छलफल चलाइने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ ३, शनिबार (५ घण्टा अघि)
  • ३८ पटक पढिएको
सगरमाथा संवादमा आज चार विषयमा छलफल चलाइने

जेठ ३, काठमाडौं । काठमाडौंमा जारी ‘सगरमाथा संवाद’को दोस्रो दिन शनिबार विभिन्न विषयमा छलफल सत्र सञ्चालन हुँदैछ । बिहान ९ बजेदेखि साँझ साढे ६ बजेसम्म चल्ने कार्यक्रममा ४ विषयमा ९ वटा छलफल सत्र चलाइनेछ ।

छलफल सत्रमा हरित अर्थतन्त्र, जलवायु हानि–नोकसनी र न्यूनीकरण, जलवायु न्याय र मानवताको भविष्य र विश्वव्यापी तथा क्षेत्रीय साझेदारी शीर्षकमा छलफल हुने संवाद सचिवालयले जनाएको छ । हालसम्म यस सूचीमा २३ प्रतिनिधिमण्डल समावेश गरिएको छ ।

संवादमा सहभागी हुने सबै राष्ट्र र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय संगठनलाई यो सत्रमा बोल्ने अवसर हुनेछ । प्रत्येक प्रतिनिधिमण्डलले आफ्ना विचार राख्न पाँच मिनेट समय पाउनेछन् ।

संवादको पहिलो दिन हिजो जलवायु परिवर्तनको असर, जोखिम र न्यायका विषयमा छलफल भएको थियो । जलवायु परिवर्तनमा भूमिका नै नभएका नेपालजस्ता देशलाई बढी कार्बन उत्सर्जन गर्ने देशरुले जलवायु न्यायका लागि वित्तीय सहायता माग गरिएको थियो । सहभागी देशहरूले पनि सघाउने प्रतिबद्धता जनाएका थिए ।

पहिलो पटक नेपालले आयोजना गरेको सगरमाथा संवाद आइतबार काठमाडौं घोषणापत्र जारी गर्दै समापन हुनेछ । अन्तिम दिन अतिथिहरूका लागि सगरमाथामा उडानको व्यवस्था गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस