आईसीसी विश्वकप क्रिकेट लिग-२ : पीएनजीमाथि नेपालको सानदार जित !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ फागुन २५, बिहिबार (२ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फागुन २५, काठमाण्डौँ । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलाको पहिलो खेलमा नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको हो ।

जितका लागि २९८ रनको लक्ष्य पछ्याएको पीएनजी २४५ रनमा अल आउट भयो । पीएनजीका लागि नोरमान भानुआ र टोनी उराले अर्धशतक पूरा गरे पनि टिमलाई जिताउन सकेनन् । नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा पीएनजीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले आसिफ शेखको ११० रन मद्दतमा ४९।१ ओभरमा सबै विकेट गुमाएर २९७ रन बनाएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस