वैशाख २० गतेदेखि मकवानपुरमा सात दिने विराट महायज्ञ संचालन हुने

Post Thumbnail

वैशाख १९, काठमाण्डौँ । ‘महायज्ञको प्रभाव सामाजिक सद्‌भाव’ भन्ने मुल नाराका साथ वैशाख २० गतेदेखि मकवानपुरमा सात दिने विराट महायज्ञ संचालन हुने भएको छ ।

शनिबार हेटौडामा पत्रकार सम्मेलन गर्दै महायज्ञमा हुने कार्यक्रमका बारेमा जानकारी दीइएको थियो । हेटौंडामा प्रत्येक पाँच वर्षमा आयोजना हुँदै आएको नयाँ वर्ष शुभकामना विराट ज्ञान महायज्ञ अन्तर्गत विसं २०८० वैशाख २० गतेदेखि आयोजना हुने महायज्ञको मूल आयोजक समितिले जनाएको छ ।

हरेक पाँचरपाँच वर्षमा आयोजना गरिँदै आएको यो महायज्ञ यस वर्ष अझै वृहत् हुने आयोजक समितिका संयोजक अजेयराज सुमार्गीले बताए । महायज्ञ अवधिभर हजारौं भक्तिमयी मातृ शक्तिहरूबाट शान्तिशोभा कलशयात्रा शंख घण्ट, पञ्चेबाजा, डाण्डिया नृत्य, झाँकी, खैँजडी भजन, योगाभ्यास,करोडौं दीप प्रज्वलन, महाआरती विशेष नृत्यलगायत अनेक कार्यक्रम हुने जानकारी आयोजक समितिले दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस