वाईडबडी प्रकरणमा जो सुकै सङ्लग्न भएपनि कारबाही गर्नुपर्छ : डा कोइराला

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ माघ ५, शनिबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ ५,   निजगढ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले वाईडबडी जहाज प्रकरणमा जो सुकै र जतिसुकै ठूला नेता सङ्लग्न भएको पाईए तिनलाई यथाशीघ्र कानुनी दायरामा ल्याई कारबाही गर्नुपर्ने बताएका छन् । उनले ठूलै नेता भएपति कानुनी कठघेरामा ल्याईनुपर्ने बताएका हुन् ।

‘छिटोभन्दा छिटो सत्यतथ्य बाहिर ल्याएर जतिसुकै ठूलो नेता भएपनि दोषीलाई कारबाही गर्नुपर्छ,’ उनले भने । कारबाही नभए कानुनी मुलुकमा कानुन नै छैन भन्ने सन्देश जाने भन्दै डा. कोईरालाले कांग्रेस सभापतितर्फ ईङ्गित गरेर धारणा राखेका हुन् । केही दिनदेखि वाईडवडी प्रकरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पनि नाम जोडिएर सञ्चारमाध्यममा समाचार आएको थियो ।

नेपाली कांग्रेस साविकक्षेत्र नम्बर १ बाराले ऐतिहासिकस्थल सिम्रौनगढमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै डा। कोईरालो भने, ‘भ्रष्ट्राचार गर्ने जतिसुकै शक्तिशाली किन नहोस् उसलाई कुनैपनि हालतमा कारबाही हुनुपर्छ ।’

साथै उनले वर्तमान सरकार नीतिगत भ्रष्ट्राचारमा चुर्लुम्म डुबेको समेत बताएका छन् ।

त्यस्तै काँग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री उमाकान्त चौधरीले प्रधानमन्त्री झुटको सरदार भएको बताए । अर्का केन्द्रीय सदस्य कल्याण गुरुङ्गले नेकपाका अध्यक्ष प्रचण्ड कांग्रेसको शरणमा आउन धेरैदिन बाँकी नभएको बताए ।

कार्यक्रममा पुर्वसहायकमन्त्री कलावती पासवान, पुर्वसांसदहरु राजेन्द्र आमात्य, लालबाबु सिंह, डा। शोभाकर पराजुलीलगायतले आफ्ना धारण राखेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस