दार्चुलाको हिमपहिरोमा बेपत्ता पाँच जनाको शव भेटियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख २८, बिहिबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

वैशाख २८, दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका–१ भोलुङमा गएको हिमपहिरोमा बेपत्ता भएका पाँचै जनाको शव फेला परेको छ । वैशाख १९ गते गएको हिमपहिरोमा परेर पाँच जना बेपत्ता भएका थिए। सात जनाले भागेर ज्यान जोगाएका थिए ।

हिमपहिरोमा बेपत्ता भएको नौ दिनपछि डोटीको जोरायल गाउँपालिका–२ की १५ वर्षीया छिमी सोमो थापाको शव भेटिएसँगै हिमपहिरोमा बेपत्ता भएका पाँच जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

व्याँस गाउँपालिका–१ छाङरुमा रहेको सशस्त्र प्रहरी बल नम्बर ५० गुल्म र सितापुल प्रहरी चौकीबाट खटिएका सुरक्षाकर्मीले बेपत्ताको खोजी गरेको उनले बताए । यसअघि अन्य चार जनाको शव फेला परेको ठाउँबाट करिब दुई सय मिटर तल किशोरी थापाको शव फेला परेको प्रहरीले जनाएको छ।

मृत फेला परेका पाँचै जनाको शवलाई भारतीय बाटो हुँदै दार्चुला सदरमुकाम खलंगा ल्याइएको छ। नेपालतर्फ सुरक्षित बाटो नहुँदा भारतीय बाटोको प्रयोग गरेर शव खलंगा ल्याइएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस