शरणार्थी प्रकरण अनुसन्धान ४ दिनभित्र सक्न निर्देशन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख ३१, आईतबार (२ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

वैशाख ३१, काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असूली गरेको गिरोहसम्बन्धी अनुसन्धान सकेर ४ दिनभित्र रायसहितको प्रतिवेदन पेश गर्न सरकारी वकिलको कार्यालय, काठमाडौंले निर्देशन दिएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंलाई अनुसन्धान सकेर प्रतिवेदन बुझाउन भन्दै आरोपीहरुविरुद्ध अन्तिम पटक चार दिन म्याद थप गर्न जिल्ला अदालत, काठमाडौंलाई अनुरोध गरिएको जिल्ला सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस