भुटानी शरणार्थी प्रकरणमा आरजु राणालाई पैसा दिएँ भन्नेको स्वर कस्को ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २४, आईतबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असार २४, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका श्रीमती डा आरजु राणालाई पैसा बुझाएको भन्नेको स्वर पहिचान भएको छ ।

प्रहरी प्रधान कार्यालयले सो आवाज नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी सन्देश शर्माको भएको स्पष्ट पारेको हो । अडियोमा बोल्ने व्यक्ति सन्देश शर्मा नै भएको प्रहरीले जनाएको छ ।

यसअघि आरजुले वैशाख २ गते आफ्नो नाम जोडिएपछि साइबर ब्युरोमा उजुरी दिएकी थिइन् । सन्देश शर्माको आवाज भएको निर्क्योल लागेपनि त्यो अडियो कहाँबाट र कसरी तयार भयो भन्ने सन्दर्भमा टिकटक सिंगापुरलाई पत्राचार भएको प्रहरीले जनाएको छ ।

सन्देश शर्माको आवाज रहेको त्यस भिडियोमा आरजुलाई पनि पैसा दिइएको व्यहोरा थियो । आरजुले भने त्यसको खन्डन गरेकी थिइन् । सन्देश हाल उक्त मुद्दामा पुर्पक्षका लागि थुनामा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस