डा. केसीको अनशनबारे प्रधानमन्त्री ओलीले गरे नेम्वाङ र भट्टराईसँग छलफल

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ माघ १४, सोमबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक र डा. गोविन्द केसीको अनशनबारे संसदीय दलका उपनेता सुवास नेम्वाङ र योगेश भट्टराईसँग छलफल गरेका छन्।

सोमबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा तीनजनाबीच एक घण्टा भन्दा बढी गोप्य छलफल भएको हो।

आफूसँग भएको सहमतिअनुसार प्रतिनिधिसभाले विधेयक पारित नगरेको भन्दै डा. केसी १९ दिनदेखि १६औं अनशन बसिरहेको र प्रमुख प्रतिपक्षी दलले यही विषयलाई उठाएर सडक आन्दोलनको घोषणा गरेको परिपेक्षमा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको हो ।

उपनेता नेम्वाङले विधेयक पारित भएपछिको अवस्थाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको जानकारी दिए।

उनले भने, ‘अनौपचारिक कुराकानी गर्‍यौँ। विधेयक पारित भएपछि उत्पन्न भएको परिस्थिति र डा. केसीको आन्दोलनबारे छलफल भयो ।’

प्रतिपक्षी कांग्रेसको नाराबाजीका बीच विधेयक पारित गर्न नेम्वाङ र भट्टराईले भूमिका खेलेका थिए ।

छलफलपछि प्रधानमन्त्री कार्यालयमै अहिले मन्त्रिपरिषदको बैठक बसिरहेको छ । संभवत केसीको अनशनबारे जारी मन्त्रिपरिषद बैठकले निर्णय लिन सक्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस