आईपीएल: वर्षाले खेल रद्द, कोलकाता प्लेअफबाट बाहिरियो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ जेष्ठ ४, आईतबार (७ घण्टा अघि)
  • ४४ पटक पढिएको
आईपीएल: वर्षाले खेल रद्द, कोलकाता प्लेअफबाट बाहिरियो

जेठ ४, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्सबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

शनिबार बेंगलुरुमा हुने तालिका रहेको घरेलु टिम बेंगलुरु र राइडर्सबीचको खेल वर्षाका कारण टस समेत नभई रद्द भएको हो । खेल रद्द भएसँगै साविक विजेता समेत रहेको कोलकाता प्रतियोगिताको प्लेअफ समीकरणबाट बाहिरिने चौथो टोली बनेको छ ।

बेंगलुरुले १२ खेलबाट १७ अंक जोडेर तालिकाको शीर्ष स्थानमा कायम छ । कोलकाता १३ खेलबाट १२ अंकसहित तालिकाको छैटौँ स्थानमा छ ।

यसअघि भारत र पाकिस्तानबीचको तनावका कारण भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले प्रतियोगिता एक हप्ता स्थगित गर्ने निर्णय गरेको थियो । स्थगित खेल शनिबारदेखि खेलाइएको हो ।

आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र पञ्जाब किङ्गस तथा दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस