पहाडमा चट्याङसहित वर्षा, तराईमा हावाहुरी चल्ने

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ ४, आईतबार (८ घण्टा अघि)
  • ४४ पटक पढिएको
पहाडमा चट्याङसहित वर्षा, तराईमा हावाहुरी चल्ने

जेठ ४, काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेकाले देशभर धेरैजसो स्थानमा मौसम बदली वर्षा, हुरी र हिमपातको सम्भावना देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीका साथै थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना छ । मधेस प्रदेशलगायत कोसी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भानवा छ ।

यस्तै राति देशको पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रही एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

ताजा अपडेट

खोजी गर्नुहोस