पूर्वयुवराज पारसको मुटुमा स्टेन्ट प्रत्यारोपणः स्वास्थ्य स्थिर रहेपनि खतरामुक्त छैन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ माघ १५, मंगलबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ १५, काठमाडौं । पूर्व युवराज पारस शाहलाई तेस्रो पटक ह्रदयघात भएपछि मुटुमा स्टेन्ट प्रत्यारोपण गरिएको छ ।

छाती दुखेपछि उनलाई सोमबार थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना गरिएको थियो । यसअघि बैंककमा ह्रदयघातपछि मुटुको स्टेन्ट हालिएको ठाउँमै यसपटक समस्या देखिएको हो ।

शाहलाई मुटुरोग विशेषज्ञ डाक्टर यादव भट्ट र डाक्टर जेपी जैसवालको निगरानीमा स्वास्थ्य उपचार गरिरहेको छ । अस्पताल स्रोतका अनुसार उनको स्थिती स्थिर रहेपनि खतरामुक्त छैन् ।

उनको मुटुमा २०७२ साल साउन १० गते नर्भिकमै मुटुको चाल नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेवल कार्डियोभर्टर डेफिब्रिलेटर(आईसिडी) समेत छातीमा प्रत्यारोपण गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस