फेरी जोडिए राणा–लोहनी : नयाँ पार्टीको नाम राप्रपा संयुक्त राखियो

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ माघ १८, शुक्रबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

माघ १८,काठमाडौँ । पशुपति शमशेर राणाले नेतृत्व गरेको राप्रपा (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको एकीकृत राप्रपा (राष्ट्रवादी) बीच एकीकरण भएको छ ।

शुक्रबार राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष राणा र राप्रपा (राष्ट्रवादी)का अध्यक्ष डा. लोहनीले आयोजित घोषणासभामा दुई पार्टीबीच एकीकरण घोषणा गरेका हुन् ।

एकिकरणपछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) राखिएको छ । घोषणा कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्षद्वयले पार्टीले संवैधानिक राजतन्त्र र धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राज्य हुने व्यवस्थालाई मूल मुद्धा बनाउने बताएका छन् ।

दुई पार्टीका शीर्ष नेतृत्वबीच लगातारको छलफलपछि पार्टी एकताका लागि बिहीबार सहमतिपत्रमा हस्ताक्षर भएको थियो । एकीकृत नयाँ पार्टीमा दुई अध्यक्ष हुने सहमति यसअघि नै भइसकेको थियो ।

एकीकृत पार्टीको चुनाव चिन्ह हलो राखिएको छ । राप्रपा (संयुक्त)ले एक वर्षभित्र अधिवेशन गर्ने छ भने पार्टीको विधान एक महिनाभित्र तयार गर्ने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस