भाद्र १७,काठमाडौँ । नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी–विशेष रुपान्तरण अभियान अन्तर्गत देशैभरका वडा कार्यालयमा शनिबार विविध कार्यक्रम भएको छ । सोही अनुसार धुनिवेशी-६ धादिङमा ३ महिने अभियानको प्रदेश कमिटी सदस्य हिरा थापा मगर र जिल्ला कमिटी सदस्य रमेश प्रसाद आचार्यले दिप प्रज्वलन गरि समुदघाटन गरेका छन् ।
सो अवसरमा जनप्रतिनिधि भएपछि गरेका काम र आगामी योजना , पार्टी सङगठन बारे वडा अध्यक्ष समेत रहेका आचार्यले प्रष्ट पारेका थिए ।
सबै सदस्यलाई ३ महिने अभियानमा निरन्तर लाग्न र यसबाट परिणाम ल्याउनुपर्ने उनको धारणा थियो ।आचार्यले पार्टीलाई बलियो बनाउन जनतामाझ पुग्नपर्ने र त्यसको लागि आफुले विशेष जोड दिइरहेको समेत बताएका थिए ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य मगरले अबका दिन टोल टोलमा पुगेर माओवादीले हाल सम्म गरेका कार्यबारे टोल-टोलमा र जन-जनमा गएर जनतालइ बुझाउनुपर्ने बताए । कार्यक्रम बेपत्ता परिवारकी सदस्य सावित्री आचार्यको अध्यक्षता रहेको थियो भने कार्यक्रम सञ्चालन वडाका पार्टी अध्यक्ष नकुल आचार्यले गरेका थिए । कार्यक्रममा पुराना कम्युनिस्ट नेता रामेश्वर राज पाण्डेले कम्युनिष्ट इतिहास बारे प्रष्ट पारेका थिए ।