भाद्र १७,काठमाडौँ । कोशी प्रदेश सरकारको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदातलको पूर्ण इजलासमा पेस हुने भएको छ ।
आज न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले मुद्दामा जटिल कानुनी प्रश्न समावेश भएको भन्दै त्यसको निराकरण पूर्ण इजलासबाट हुन उपयुक्त हुने आदेश दिएको हो । मुद्दाको अर्को पेशी यही भदौ १८ गते (सोमबार) लाई तोकिएको छ ।
कोशीका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षको भूमिकामा रहेका प्रदेशसभा सदस्य इस्राइल मन्सुरीको समेत मत लिएर विश्वासको मत पाएका थिए । तर सभाध्यक्षले विश्वासको मत दिनु असंवैधानिक भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट दिएका थिए ।