सभामुख घिमिरेसँग अमेरिकी सिनेटर होलेनको भेट, संसदीय सहयोग आदानप्रदानका विषयमा छलफल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र १७, आईतबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

भाद्र १७, काठमाडौँ । सभामुख देवराज घिमिरेसँग अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले भेट गरेका छन् ।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, अमेरिकी सहयोग तथा संसदीय आदान प्रदानका विषयमा छलफल भएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

उनका अनुसार भेटमा सभामुख घिमिरेले संयुक्त राज्य अमेरिका नेपालको पुरानो मित्र भएको उल्लेख गर्दै सन् १९४७ मा नेपालले अमेरिकासँग दौत्य सम्बन्ध स्थापना भए पश्चात नेपाल र अमेरिकाको सम्बन्ध सुमधुर रहेको बताए । सभामुख घिमिरेले उच्च स्तरीय भेटघाटको आदानप्रदानले दुई देश बीचको सम्बन्ध र बुझाईलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस