सरकारमा रास्वपालाई भित्र्याएर नारायणकाजीलाई हटाउने प्रधानमन्त्री दाहालको तयारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र १९, मंगलबार (१ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

भाद्र १९, काठमाडौँ । सरकारमा सहभागी भएर बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०लाई सरकारमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तयारी थालेका छन् ।

उनले संसदीय अंकगणितमा थप मजबुद हुने अभिप्रायले रास्वपासँग सरकारमा सहभागीताबारे छलफल चलाएको स्रोतले जनाएको छ ।
प्रतिनिधिसभामा २१ सिट रहेको रास्वपालाई सरकारमा सहभागी गराएर प्रधानमन्त्री दाहालले आफू बलियो बन्ने दाउमा लागेका हुन् ।

उनले सत्ता घटक नेकपा एकीकृत समाजवादी र जसपा पछिल्लो समय घुर्कीपूर्ण अभिव्यक्तिले चिढिएका छन् ।
जसपाका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री दाहालसँग असन्त्ुष्ट रहेको अभिव्यक्ति दिन थालेपछि उनले रास्वपालाई सरकारमा सहभागी गराएर तर्साउने दाउमा लागेको स्रोतले बतायो ।

स्रोतका अनुसार सत्ता सहयात्री जसपा र एकीकृत समाजवादीलाई तर्साएर आफू नेतृत्वको सरकार थप बलियो बनाउन प्रधानमन्त्रीले रास्वपालाई सरकारमा सहभागी गराउन लागेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस