प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र १९, मंगलबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र १९, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र पुर्वप्रधानमन्त्री समेत रहेका ओलीबीच झण्डै आधा घण्टा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्तामा विभिन्न विधेयक लगायतका विषयमा कुराकानी भएको बुझिएको छ । त्यसक्रममा नेताहरुबीच प्रधानमन्त्रीको आसन्न अमेरिका र चीन भ्रमणका बारेमा समेत सामान्य कुराकानी भएको बुझिएको छ । प्रधानमन्त्री प्रचण्ड दुई सातापछि संयुक्त राष्ट्रसंघ तथा चीन भ्रमणमा जाँदैछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस