राष्ट्रपति पौडेल दिउँसो कृष्ण मन्दिर जाने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र २०, बुधबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

भाद्र २०,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गर्ने भएका छन् ।

राष्ट्रपति पौडेलको सचिवालयका अनुसार उनी आज दिउँसो ३ बजे कृष्णमन्दिरमा पुग्ने कार्यक्रम रहेको छ । प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस