बागमती प्रदेशसभा बैठक पुनः स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र २०, बुधबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र २०, हेटौंडा । आजको लागि तय गरिएको बागमती प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ । दिउँसो १ बजेका लागि तय गरिएको बैठक सूचना टाँस गरेर स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभाको अर्को बैठक यही भदौ २४ गते दिउँसो १ बजे बस्ने प्रदेश सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए । यसअघि गत असार २२ गते प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०र८१ को बजेट पारित गरेसँगै अनिश्चितकालका लागि स्थगित भएको बैठक दुई महिनापछि बस्ने तय गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस