राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र २२, शुक्रबार (१ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

भाद् २२, काठमाडौँ । राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । आउँदो आइतबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको राष्ट्रिय सभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।

आइतबार बिहान ११ः०१ बजे बस्नेगरी निर्धारणा गरिएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएको संघीय संसदका महासचिव भरत गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।

‘राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ उपनियम ३ बमोजिम सम्माननीय अध्यक्षज्यूले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्नेगरी स्थगित गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीका लाागि यो सूचना प्रकाशित गरिएको छ,’ संघीय संसदका महासचिव डा भरतराज गौतमले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस