समाजवादी मोर्चाको सन्देश सभा आज हेटौंडामा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र २४, आईतबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र २४, मकवानपुर । समाजवादी मोर्चाले बागमती प्रदेश स्तरीय सन्देश सभा आज मकवानपुरको हेटौंडामा गर्ने भएको छ। शनिबार यहाँ पत्रकार सम्मेलनमार्फत समाजवादी मोर्चामा आबद्ध दलहरुले उक्त सन्देश सभाबारे जानकारी गराएका हुन्।

सातै प्रदेशमा सन्देश सभाको कार्यक्रम तय भएको र सोही अनुसार बागमती प्रदेशको हेटौंडामा सभा हुने नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश अध्यक्ष सावित्रा भुसालले जानकारी दिइन्।

आजै समाजवादी मोर्चाको बागमती प्रदेश कमिटीको घोषणा गर्नेसमेत तयारी छ।

ताजा अपडेट

खोजी गर्नुहोस