नेविसंघ अध्यक्ष महर रिहा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ माघ २२, मंगलबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ २२, काठमाडौं । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष नैनसिंह महर रिहा भएका छन् ।

मीनभवन क्याम्पसबाट जिल्ला प्रशासन कार्यालय बबरमहल जाने क्रममा निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले महरसहित ११ कार्यकर्तालाई मंगलबार पक्राउ गरेको थियो ।

महरसहित ७ जनालाई महेन्द्र पुलिस क्लबमा र बाँकी ४ जनालाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस