काठमाडौंमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक २४, शुक्रबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

कार्तिक २४, काठमाडौँ । तिहारमा काठमाडौं महानगरपालिकाभित्र राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राति १ बजेसम्म देउसी भैलो खेल्ने समय निर्धारण गरिएको जानकारी दिएका छन् ।

विगतका वर्षहरूमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय राती ९ बजेसम्म मात्र तोकिएकोमा यो वर्ष १ बजेसम्म मिलाइएको साहले जानकारी दिएको छन् ।

राति १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको ब्यबस्थासमेत मिलाएको र सोही अनुसार जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई सुरक्षा व्यवस्था मिलाउन उनले आग्रह गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस